९० मिनेट पछिको थप ७ मिनेटमा ब्राजिलको चमत्कार : विश्वकप २०१८ मा नेमारको पहिलो गोल
22-June-2018

रुस विश्वकपको समूह चरण अन्तर्गतको ब्राजिल र कोस्टारिका बिचको खेल अन्तिम समयमा रोमान्चक बन्यो । ९० मिनेट पछि थपिएको समयमा ब्राजिलले लगातार २ गोल गरेर  कोस्टारिकालाई नमिठो हार चखाएको छ ।

खेलको ९१ औं मिनेटमा ब्राजिलका कोटिनो र ९७ औं मिनेटमा नेमारले गोल गरे । नेमारको यो विश्वकप २०१८ को पहिलो गोल हो ।  गोल र जित संगै नेमार निकै भाबुक बनेका थिए ।

Write a Comment