विश्वकपमा अर्जेन्टिनाको यात्रा कठिन हुदैँ
24-June-2018


जक्सन डटकम 
पोखरा, असार १० 

रुसमा जारी विश्वकपमा अर्जेन्टिनाको यात्रा कठिन बनेको छ । अन्तिम १६ मा प्रवेशको लागि कठिन बनेपछि अर्जेन्टिना टिम तनावमा छ ।
कतिले अर्जेन्टिना कम्जोरी हुनुमा प्रशिक्षक जर्ज साम्पाओलीको कम्जोरी बताएका छन् । अर्जेन्टिनाको प्रर्दशन कम्जोरी भएपछि प्रशिक्षक जर्ज साम्पाओली बर्खास्तीमा पर्न सक्ने खबरहरु पनि आए ।
अर्जेन्टिनाले भोलि नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । नाइजेरियाविरुद्ध खेल्ने टिमको टुंगो लिओनल मेस्सीसहितका खेलाडीहरु नै लगाउने भएको छ । शनिबार खेलाडीहरु र प्रशिक्षकको बैठकले यस्तो निर्यण निकालेको हो ।
अर्जेन्टिना अन्तिम १६ मा पुग्नका लागि नाइजेरिया हराउर्नै पर्ने छ । अर्जेन्टिनाले नाइजेरियालाई हराए मात्रै पनि पुग्दैन क्रोएसियाले पनि आइरल्याण्ड हराउनु पर्ने छ । आइसल्याण्ड जितेको अवस्थामा अर्जेन्टिनाले नाइजेरियालाई भारी गोलअन्तरले हराउनुपर्छ । भोली राति नै क्रोएसिया र आइसल्याण्ड पनि खेल्नेछ ।
अर्जेन्टिनाका १९८६ को विश्वकप विजेता रिकार्डो जस्टीले दाबी गरे अनुसार खेलाडीहरुले नै टिम तय गर्छन् । उनले भने सत्य यही हो । यदि सम्पाओली बेञ्चमा बस्न चाहन्छन् भने बस्छन् । यदि बसेनन् भने पनि केही फरक पर्दैन ।’

 

Write a Comment

Events
Random Picks