रोनाल्डोको पनि पेनाल्टी मिस
26-June-2018

जक्सन डटकम
पोखरा, असार १२
पोर्चुगलका कप्तान रोनाल्डोले इरानविरुद्ध पाएको पेनाल्टी मिस गरेका छन्।
फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरण अन्तिम खेलको ५३औं मिनेटमा पाएको पेनाल्टी रोनाल्डोले मिस गर्दै टिमको अग्रता दोब्बर पार्ने मौका गुमाए।
भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्न सकेनन्  ।  रोनाल्डोको प्रहार इरानी किपर एलिरिजाले बचाएका हुन्  । 
इरानविरुद्ध पेनाल्टीमा गोल गर्न नसके पछि गोल्डेनबुटका दाबेदार रोनाल्डोले इंग्ल्यान्डको ह्यारी केनसँग ५ - ५ गोलको बराबरी गर्ने मौका गुमाएको छ ।  यसअघि पहिलो खेलमा स्पेनविरूद्ध ह्याट्रिक गरेका उनले अहिलेसम्म ४ गोल गरेका छन्।
यसअघि पोर्चुगलले पहिलो हाफमा १-० को अग्रता लिएको थियो।
मोर्डोभिया एरिनामा रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको हो। पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन्। 
समूह बी मा रहेको पोर्चुगल र इरान आजको खेल जित्दै नकआउट चरणमा प्रवेश गर्नेछन्।
पोर्चुगलको ४ अंक छ भने इरानको ३ अंक छ । यो खेल जित्ने टोलीले नकआउट चरणमा स्थान बनाउने छ।
 

 

Write a Comment

Events
Random Picks