बेल्जियम र फ्रान्स सेमिफाइनलमा ; ब्राजिल र उरुग्वे विश्वकपबाट बाहिरिए
7-July-2018

केभिन डि ब्रुयेनको उत्कृष्ट प्रदर्शनको मदतमा पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको उसले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ ।

शुक्रबार राति भएको खेलमा क्वार्टरपफाइनलमा बेल्जियमले बलियो टोली ब्राजिललाई २-१ गोल अन्तरले हराएको हो ।

त्यस्तै यस अघि भएको खेलमा उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए । ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मुस्लेराले राम्रोसँग क्लियर नगर्दा गोलपोस्टभित्र छिरेको थियो ।

उरुग्वेका भरपर्दा स्ट्राइकर इडिसन काभानी घाइते भएर आज खेल्न सकेका थिएनन् । जसको असर खेलमा प्रत्यक्ष देखिएको थियो ।

योसहित फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छैटौं पटक हो । अब उसले फाइनल प्रवेशका लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

Write a Comment

Events
Random Picks