विश्वकपको आज अन्तिम सेमिफाइनल खेल :इंग्ल्याण्ड र क्रोएसिया दुवैको फाईनलमा पुग्ने दाउ
11-July-2018

रुसमा जारी फिफा विश्वकप २०१८ अन्तर्गत आज अन्तिम सेमिफाईनलमा इंग्ल्याण्ड र क्रोएसिया आमने सामने हुँदैछन् । यी दुईको खेल नेपाली समय अनुसार पौने १२ बजे लुजनिकी स्टेडियममा हुनेछ । जहाँ जारी विश्वकपको फाइलन खेल पनि हुँदैछ ।

२८ वर्ष पछि सेमिफाईनल खेल खेल्न लागेको इंग्ल्याण्डको यो तेस्रो सेमिफाइनल खेल हो । सन् १९६६ मा विश्वकप जित्दा समग्र ११ गोल गरेको इंग्ल्याण्डले जारी विश्वकपमा सेमिफाईनल अगाडिनै ११ गोल गरिसकेको छ । कप्तान ह्यारी केनले मात्र ६ गोल गर्दै गोल्डेन बुटको लागि आफुलाई अगाडि उभ्याईसकेका छन् ।

मोर्डन फुटबललाई पछयाईरहेको इंग्ल्याण्डको टिम ईग्लिस क्लवका खेलाडीहरुले भरिएको छ जस्ले गर्दा इंग्ल्याण्डको टिमको समिश्रण निकै लयमा देखिएको छ । समुह चरणबाट यो पटक धेरैको छनौटमा पर्दा यो टिमको विकल्प पनि धेरै छन् । उसोत बेन्च पनि बलियो छ, क्वाटरफाईनलमा स्वडेनलाई दुई शुन्यले पराजित गर्दा प्रिक्वाटरमा कोलम्बियालाई हरायो ।

युवा खेलाडीले भरिएको टिममा इंग्ल्याण्डको टिममा ह्यारी, रहिम स्ट्रलिङ, जेमी भर्डी, ड्यानी वेलबेक, डेले अली, जेसे लिङगार्ड, ग्यारी चाहिल जस्ता उत्कृष्ट हस्तीहरु छन् । तर जारी विश्वकपमा धेरैको आँखामा नपरेको टिम क्रोएसिया भने सेमिफाईनल सम्म आईपुग्दा उपाधिको लागि आफु सक्षम रहेको विश्वास जताईसकेको छ ।

प्रिक्वाटरफाईनमा डेनमार्क र क्वाटरफाईनलमा आयोजक रसियालाई पराजित गर्दा क्रोएसियाले धेरैको समर्थन कमाईसकेको छ । सन् १९९८ बाट विश्वकपको यात्रा सुरु गरेको क्रोएसियाको यो दास्रो सेमिफाईनल खेल हो । विश्वकपमा छोटो समयमा राम्रो गर्ने मध्यको एक टिम हो क्रोएसिया । जसलाई भाग्यले पनि साथ दिएको छ भन्ने कुरा उसले प्रिक्वाटरफाईनल र क्वाटरको पेनाल्टी सुटआउटमा देखाईसकेको छ ।

क्रोएसियाको टिममा एन्डे«स क्रामारिक, लुका मोड्रिक, ईभान राकिटीक जस्ता छन् । जारी विश्वकपमा क्रोएसियालाई लुका मोड्रिक र ईभान राकिटिकको जोडीले सम्हालेको छ ।

इंग्ल्याण्ड र क्रोएसियाबीच पछिल्लो पटक विश्वकपमा भेट हुँदा इंग्ल्याण्डले क्रोएसियालाई चार दुईले हराएको थियो भने अहिले सम्म साना ठूला गरी जम्मा ८ पटक भेट हँुदा चार पटक इंल्याण्ड र दुई पटक क्रोएसियाले जित्दा दुई पटक भने बराबरीमा रोकिएको छ । यी दुई टोलीबीचको लुजनिकीको भिडन्त भने पक्कै पनि रोमाञ्चक हुनेछ ।

Write a Comment

Events
Random Picks