एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत हासिल गर्दै फर्किए नेपाली टिम
6-August-2018

जक्सन डटकम 
पोखरा, साउन २१
नेदरल्याण्डविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार नेपाल फर्किएको छ।
युरोप भ्रमणमा तीन साता अघि गएको नेपाली टोली आज बिहान जेट एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेपछि नेपालले नेदरल्याण्डविरुद्ध दुई खेलको ऐतिहासिक एकदिवसीय सिरिज खेलेको थियो।
बराबर भएको सिरिजको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा १ रनको रोमाञ्चक जित निकालेको नेपाललले युरोप भ्रमण सुखद बनायो।नेदरल्याण्डविरूद्ध एक दिवसीय खेल खेल्नु अघि नेपालले लर्डसमा टी २० सिरिज खेलेको थियो।


उक्त सिरिजमा एमसिसिविरूद्ध जित निकालेको नेपालले नेदरल्याण्डसँगको खेल वर्षाका कारण रद्द भएको थियो।गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो। ऐतिहासिक ओडिआइ जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
नेपाली टोलीका युवा स्टार सन्दीप लामिछाने भने सीपीएल खेल्नका लागि नेदरल्याण्ड्सबाटै वेष्टइन्डिज गइसकेका छन्।नेदरल्याण्ड्स पुगेका १९ सदस्यीय टोली मध्ये कप्तान पारससहित १४ खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो र ट्रेनर सहित १८ सदस्यीय टोली फर्किएका हुन्।
 

Write a Comment

Events
Random Picks