यि हुन् नेइमार जस्तै देखिने अर्का नेइमार
30-August-2015

जक्सन डटकम । बिश्वमा थुप्रै मानिसहरुको अनुहार मिल्दोजुल्दो पाइने गरेको छ । फुटवलको बिश्वकपका बेला नेइमार जस्तै देखिने एक बृद्धको फेटो फेसबुकमा भाइरल नै बनेको थियो । फेरि पनि नेइमार जस्तै अर्का नेइमार भेटिएका छन् । 

१६ वर्षिय ब्यारी कोर्टर झट्ट हेर्दा बार्सीलोनाका फरवार्ड नेइमारजस्तै देखिन्छन् । उनलाई आयरल्याण्डका लाइमरिक क्लबले आबद्ध गर्दा धेरै आश्चर्यचकित बने । नेइमारले च्याम्पियन्स लिग खेल्ने तयारी गर्दै गर्दा लाईमरिकबाट कोर्टर यू–१७ राष्ट्रिय लिग खेल्ने तयारीमा छन् ।

युवा फुटबलर कार्टरको लक्ष्य पनि नेइमारजस्तै बन्नेछ ।