असोज ३ गतेदेखि पोखरामा नेपाल कप महिला आमन्त्रण फुटबल आयोजना हुने
6-September-2015

पोखरा, भदौ २०
आगामी असोज ३ गतेदेखि १० गतेसम्म पोखराको रङ्गशालामा नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्पोर्टस् फर अल क्लब नेपाल, कास्की जिल्ला फुटबल सङ्घ र महिला फुटबल समितिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा भारत र नेपालका गरी ११ टोलीको सहभागिता रहने क्लबद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

छत्तिसौँ विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आठ दिनसम्म सञ्चालन हुने भएको छ । त्यस्तै प्रतियोगिता अवधिभर कुल १० वटा खेल सञ्चालन आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका विजेता टोलीले नगदएक लाख र उपविजेता टोलीले ५० हजार र ट्रफी पाउने भएका छन् ।

महिला फुटबलको अन्तर्रा्ष्ट्रिय क्षेत्रमा समेत विकास र विस्तार गर्ने उद्देश्यले आयोजित सो प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि राधा गुरुङको संयोजकत्वमा ३१ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ ।

Write a Comment