बिग ब्यास लिगमा सन्दीपको शानदार डेब्यू
21-December-2018


जक्सन डटकम
पोखरा, पुस ६

नेपालका सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् ।

मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध खेल्दा डेब्यू गरेका उनले दुई विकेट लिएका छन् । मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले आठौं ओभरमा सन्दीपलाई बल दिएका थिए । उनले दोस्रो बलमा नै शेन वाट्सनको विकेट लिए ।

ओभरको अन्तिम बलमा उनले क्यालम फर्गुसनको विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिएका छन् ।

 

Write a Comment

Events
Random Picks