सन्दीप बने बिग बासका सर्वाधिक विकेट टेकर
27-December-2018

जक्सन डटकम
पोखरा, पुष १२

नेपाली यूवा लेग स्पेनर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिगकै सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

सन्दीप जारी खेलमा ७ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका हुन् ।

सन्दीपले सिड्नी थण्डरका ड्यानिलय साम्सलाई पछि पारेका हुन्। साम्सले ६ विकेट लिएका छन् ।

सन्दीपले बिहिबार सिड्नीमा जारी खेलमा मेलबर्न स्टार्सका तर्फबाट सिड्नी सिक्सर्स विरुद्ध ४ ओभर बलिङगर्दै १८ रन दिएर २ विकेट हात पारे।

उनले आज सिड्नीका कप्तान मोइजेस हेनरिक्स र टोम कुरानलाई आउट बनाएका हुन्। टस जितेको सन्दीपको टोली मेलबर्नले सुरुवाती फिल्डिङ गरेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पेनर सन्दीपलेले बिग बासमा आफ्नो जादूलाई निरन्तरता दिइरहेका छन्।

यसअघि बिग बासको पहिलो खेलमा सन्दीपले सिड्नी थन्डर्स विरुद्ध २ विकेट लिएका थिए। दोस्रो खेलमा होबार्ट हुरिकेन्स विरुद्ध ३ विकेट लिएका थिएl

Write a Comment

Events
Random Picks