आहा-रारा गोल्ड कप फुटबल प्रतियोगिता फागुन दोस्रो साता हुदैँ
30-December-2018


जक्सन डटकम
पोखरा, पुस १५

सहारा क्लब पोखराले आयोजना गर्दै आएको अन्तर क्लब स्तरीय आमन्त्रित आहा-रारा गोल्ड कप फुटबल प्रतियोगिता फागुन दोस्रो साता हुने भएको छ।

आहा-राराको १७ औं संस्करण फागुन ९ गते देखि १८ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने साहारा क्लबले जानकारी दिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिरजिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हुने प्रतियोगितामा अखिल नेपाल फुटबल संघले दिएको तालिका अनुसार नै प्रतियोगिता गर्न लागेको सहारा जनाएको छ ।

प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लबहरु, पूर्व र पश्चिम क्षेत्र टिमहरु र आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने सहारा क्लबका महासचिब विश्वराज बरालले जानकारी दिए।

प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने उनले जानकारी दिए। एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन्।
 

 

Write a Comment

Events
Random Picks