डीपीएल-३ : यी हुन् सर्वाधिक महङ्गा १० खेलाडी
5-January-2019

जक्सन डटकम
पोखरा, पुष २१

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको अक्सन शनिवार सम्पन्न भएको छ । अक्सनमा सहभागी १ सय ८६ खेलाडी मध्यबाट प्रत्येक छ टिमले ११-११ जना खेलाडी आफ्नो टिममा अनुबन्धित गरेको छ । 

यस संस्करणको डिपिएलमा धनगढी स्टार्स, महेन्द्रनगर युनाईटेड, बिराटनगर किंग्स, रुपन्देही च्यालेञ्जर्स, काठमाडौँ गोल्डेन्स र सीवाईसी अत्तरिया गरी ६ वाट टिमहरुको सहभागिता रहेको छ । 

यिनै टिमले आफ्नो टिमका लागि महङगो मुल्य खर्चेर केही खेलाडी अनुबन्धित गरेको छ । जसले अक्सनमा २ लाख रुपैयाँ भन्दा बढी मूल्य पाएका छन् । डिपिएल अक्सनमा महँगोमा बिक्रि भएका १० खेलाडीहरु ।

२ लाख ५० हजारमा ६ खेलाडी बिक्रि भएका छन् । पछिल्लो सिजन महेन्द्रनगर युनाईटेडको कप्तानी गरेका बिनोद भण्डारी यो पटक फरक टिमबाट खेल्ने छन् । भण्डारीलाई धनगढी स्टार्स बाहेक सबै टिमले अधिकतम मूल्य २ लाख ५० हजारको लागि बोलि लगाए पनि गोलाप्रथा मार्फत उनि रुपन्देही च्यालेञ्जर्समा छानिएका थिए । 

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका नियमित देब्रे हाते तिब्र गति बलर ललितराज भण्डारीलाई सीवाईसी अत्तरिया र रुपन्देही च्यालेञ्जर्सले अधिकतम मूल्यमा बोलि लगाएको थियो । 

गोला प्रथा मार्फत उनि पनि रुपन्देहीमा छानिएका थिए । डिपिएलको पछिल्लो सिजन ललित लिग विजेता टिम धनगढी टिम चौराहाको लागि खेलेका थिए ।
आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड, ललित राजबंशी काठमाडौँ गोल्डेन्स, पवन सर्राफ धनगढी स्टार्स, भिम शार्की रुपन्देही च्यालेञ्जर्सका लागि २ लाख ५० हजारमा अनुबन्धित भएका छन् ।

प्रदिप ऐरि २ लाख ४० हजारमा रुपन्देही च्यालेञ्जर्समा अनुबन्धित हुँदा २ लाख ३० हजारमा सीवाईसी अत्तरियामा सन्दिप जोरा, सोहि मुल्यमा रोहित पौडेल महेन्द्रनगर युनाईटेडमा अनुबन्धित भएका छन् ।  

भुवन कार्की २ लाख १० हजारमा सीवाईसी अत्तरियामा अनुबन्धित भर्एएका छन् । देब्रे हाते स्पिनर तथा अलराउण्डर भुवन कार्कीलाई सीवाईसी अत्तरियाले २ लाख १० हजार रुपैयाँमा खरिद गर्यो । गत सिजन भुवन महेन्द्रनगर युनाईटेडको लागि खेलेका थिए ।
 

Write a Comment