कास्की जिल्ला पौडी संघको अध्यक्षमा वैभब पौडेल
26-September-2015

जक्सन डटकम, असोज ९ । कास्की जिल्ला पौडी संघको अध्यक्षमा वैभव पौडेल चयन भएका छन् । शनिबार आयोजीत साधारण सभाले पौडेललाइ सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्ष्मा  कमल गुरुङ, सचिवमा आनन्द कुवँर र कोषध्यक्षमा सजेन्द्र हमाल छन् । नयाँ कार्यसमीतिको सदस्यहरुमा जिवन केसी, अनिल थापा, भाष्करध्वज श्रेष्ठ, निरज थापा र धमे्रन्द्र वाटाजु रहेका छन् । 

नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष अशोक बज्रचार्यको प्रमुख अतिथ्यता र जिल्ला खेलकुद समिती कास्कीका अध्यक्ष यम बहादुरको बिशेष आतिथ्यता रहेको थियो  । संघ कास्कीका अध्यक्ष विप्लव पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

 

Events
Random Picks