कमलपोखरी सेभेन ए साइडको उपाधि अक्सफोर्डलाई
15-April-2019


जक्सन डटकम
पोखरा,वैशाख २

पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबले आयोजना गरेको दोस्रो जुनियर कमलपोखरी कप—२०७५ यू–१९ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि अक्सफोर्ड एफसीले जितेको छ । 

आइतबार भएको फाइनल खेलमा रञ्जन मेमोरियल क्लबलाई २—० गोलले पराजित गर्दै अक्सफोर्डले उपाधि सहित ४२ हजार २ सय २२ रुपैँया हात पार्न सफल भयो । उपविजेतामा चित्त बुझाएको रञ्जन मेमोरियलले २२ हजार २ सय २२ रुपैँयाका साथमा दुवै टीमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । 

माछापोखरी खेल मैदानमा भएको निकै रोमाञ्चकारी फाइनल खेलमा अक्सफोर्डका तर्फबाट खेम गुरुङ र मिन गुरुङले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो हाफमा सम्हालिन नसक्दा रञ्जन मेमोरियलले एकतर्फी दुई गोल व्यहोरेको हो । 

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी नरेन्द्र मगरले उत्कृष्ट फरवार्डको विधागत उपाधि पनि जिते । यस्तै, उत्कृष्ट गोलरक्षक अञ्जन शाही, उत्कृष्ट डिफेण्डर मदन गुरुङ तथा ५ गोल गरेका खेम गुरुङ हाई स्कोरर बने । 

सेभेन ए साइड फुटबल संघका प्रथम उपाध्यक्ष खेमबहादुर गुरुङ, क्लबका अध्यक्ष बिधान रेग्मी, कार्यक्रम संयोजक लक्ष्मण गुरुङ, सचिव खोबहादुर गुरुङलगायतले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । चैत २६ गतेदेखि सञ्चालित प्रतियोगितामा कूल ४० टीमको सहभागिता रहेको थियो ।  -साङकेतिक तस्बिर

Write a Comment