पोखरा रगंशालामा करिव दश करोडमा अन्तराष्ट्रियस्तरको पौडि पोखरी निर्माण हुने
7-October-2015

पोखरा । पोखरा रगंशालामा अन्तराष्ट्रियस्तरको पौडि पोखरी निर्माणका लागी अध्ययन सुरु गरिएको छ । पोखरा रगंशालामा पौडि पोखरी निर्माणका लागी नेपालकै एक कम्पनिले इच्छा देखाएको र उसले केही दिन अधि पोखरा आएर अध्ययन गरेर फर्किएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकरी दिनुभयो । उहाँका अनुसार करिव १० करोडको लागतमा अन्तराष्ट्रिय मापदण्डको पौडि पोखरी निर्माण गर्ने गरि प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी पोखरामा आयोजित पौडिको क्षेत्रिय  खेलाडि छनोट कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले पोखरा रगंशालाको गुरु योजना अनुसार पौडि पोखरी निर्माणको काम अगाडि बढेको जानकारी दिनुभयो ।

नेपाल पौडि संघका अध्यक्ष असोक बज्राचार्यले पोखरामा पौडि पोखरी निर्माणका लागी आफु सकरात्मक रहेको बताउदै त्यसका लागी सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले काठमाडौ बाहिर राष्ट्रिय खेलकुद परिषद अन्र्तगत पौडि पोखरी नहुदाँ नियमित प्रशिक्षण गर्न कठिनाई भएको र प्रतियोगिताका लागी समेत समस्या रहेको बताउनुभयो ।

यस्तै  सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पश्चिमाञ्चल क्षेत्रबाट पौडिका लागी १० जना खेलाडि छनोट भएका छन् । मंगलबार पोखराको तेर्सापटटि स्थित स्वीम स्वीमिङ पुलमा भएको छनोटबाट पुरुष तर्फ म्याग्दीका निकोन पुर्जा, पर्वतका रोशन पुन, गोर्खाका शुभम श्रेष्ठ, गोर्खाकै योगेश थापा, तनहुँका ऐलेन थापा, नवलपरासीका उत्सव पाठक, कास्कीका सन्तोष गुरुङ, विकास गुरुङ विजय भुजेल र मनाङका तेन्जिङ नाम्डोलरायन गुरुङ छनोट भएका छन् । त्यस्तै महिला वर्गमा रुपन्देहीकी इभा काफ्ले, म्याग्दीकी अन्जनी शेरचन, मुस्ताङकी सामाज्ञी गौचन, गोरखाकी श्रीया ढकाल र गोरखाकै सारा ढकाल रहेका पौडि प्रशिक्षक रविन कुमार पोख्रेलले जानकारी दिनुभयो ।

Write a Comment

Events
Random Picks