यू-१९ एसिया कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा
8-July-2019


काठमाडौं, असार २३

मलेसियामाथि ७ विकेटको जित हात पार्दै नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने राम्रो थिएन । ३० रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।

तर कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले अविजित ६० रनको साझेदारी गर्दै जित दिलाए । भीम ३३ र रोहित ३१ रनमा अविजित रहे ।

यसअघि किनरारा ओभलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४५।५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।

Write a Comment

Events
Random Picks