पोखरामा मिडिया कप फुटसल प्रतियोगिता हुने
12-August-2019

जक्सन डटकम
पोखरा, २७ साउन 

पोखरामा पहिलो पटक सवै खालका आमसंचारसँग सम्वन्धीत भएका काम गरेका संचार गृहहरुलाई समेटेर  मिडिया कप फुटसल  हुने भएको छ । आउँदो भदौको १० र ११ गते पोखराको गणेशटोलमा रहेको स्पोर्टस क्यासलमा हुने भएको हो । 

जक्शन डटकम र १६ प्रोडक्शनको आयोजनामा हुन लागेको प्रतियोगिता फुटसलको व्यवासयिक प्रबद्र्धनसँगै अन्तराष्ट्रियस्तरका खेलाडिको उत्पादनमा जोड दिएको आयोजक संस्था जक्सन डटकमका निर्देशक अरुण गिरीले जानकारी दिए । उनले भने–“मिडिया कपको अर्को उद्देश्य मिडियाकर्मीहरुबीच भाइचारको विकास गर्नु  हो ।”

मिडिया कप फुटसल विहान ८ः०० वजे देखि  हुनेछ । खासगरि विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार, प्रस्तोता, सम्पादक, क्यामरापर्सन लगाएतले सहभागिता जनाउन पाउनेछन् ।  “खेलकुदले भातृत्वको विकास गर्न सबैभन्दा छिटो भुमिका खेल्न सक्छ । हामीले यो प्रतिस्पर्धामा ३० वटा समूहको सहभागिता रहने अनुमान गरेका छौँ – ” निर्देशक गिरीले भने । 

फुटसल प्रतियोगिताका विजेताले रु ३५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल , दोस्रोले रु २० हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडीेले रु ५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल , गोल रक्षकलाई रु २ हजार ट्रफी, प्रमाणपत्र र मेडल , अनुशासित टिमले रु ५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल र सर्वाधिक गोलकर्तालाई रु ३ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । हामीले प्राइजलाई भन्दा पनि टाइटललाई बढी फोकस गरेको आयोजक गिरीले बताएका छन् । 

खेललाई अझ प्रभावकारी बनाउन पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल प्रमोटरका रुपमा सहभागि हुने भएका छन् । यस्तै खेलका संचालन र आयोजना गर्ने क्रममा फुटसलसँग सम्वन्धीत कुनै पनि समस्या परेमा सो को समाधानका लागि खेल विज्ञका रुपम रेफ्रिसँघ कास्कीका अध्यक्ष तथा फुटसल संघ कास्कीका उपाध्यक्ष शुसिल के सीको सहयोग लिईएको  जानकारी दिएका छन् । 

उनले भने–“यसको उद्देश्यलाई अझै बढि प्रभावकारी र विस्तारित गराउन हामीले नेपाली चलचित्रका अभिनेत्रीहरु र पोखराका महिला पत्रकारहरुबीचको मैत्रीपूर्ण मिडिया भर्सेस सेलिब्रटी फुटसल प्रतियोगिता पनि हुने भएको छ । ”

सेलिब्रटीबाट फुटसलमा कोको खेल्ने फिक्स भइसकेको छैन हामीले नेपालको सबै नायिकाहरुसगँ कुरा गरिसकेका छौँ अब जो जसको समय मिल्छ उहाँहरु खेल्नु नै हुन्छ । तपाइँहरु यति ढुक्क हुनुहोस् कि नेपालको  नायिका र महिला पत्रकारहरुको फुटसल हेर्न पाउने चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिकले जानकारी दिए । 

मिडिया कपमा सहभागि हुनका लागि निम्न नियमहरु  निर्माण गरिएका खेल संयोजक राकेश गुरुङ्गले जानकारी दिए । 

-  सहभागि टिमले खेलाडीका रुपमा रेडियोको हकमा न्यूज रिर्पोटर,  न्यूज रिडर, टेक्निसियन, कार्यक्रम प्रस्तोता, टेलिभिजनको हकमा न्यूज रिर्पोटर, न्यूज रिडर, टेक्निसियन, कार्यक्रम प्रस्तोता र क्यामेरा पर्सन, पत्रिकाको हकमा न्यूज रिर्पोटर, फोटो पत्रकार र सम्पादक, अनलाईनको हकमा न्यूज रिर्पोटर, फोटो पत्रकार, भिडियो रिर्पोटर र सम्पादक, प्रोडक्सन हाउसहरुको हकमा फोटोग्राफर, भिडियोग्राफर, भिडियो  सम्पादक, निर्देशकहरुलाई मात्र सहभागी गराउनु पर्नेछ । 

-  माथी उल्लेख गरिएका पदका सदस्यहरु आफ्नो कार्यरत संस्थाले खेलमा सहभागि नजनाएको खण्डमा अर्को संस्थाबाट पनि खेल्न पाउने छ । तर सरोकार वाला दुबै संस्थाको सहमती आवस्यक पर्ने छ । 

-  माथी उल्लेखित पदका सदस्यहरु राष्ट्रिय तथा ए डिभिजन लिगमा सहभागि नभएको हुनु पर्ने छ । सहभागि गराएको पाईएमा स्वतः टिम खारेज सहित दर्ता शुल्क जफत हुने छ भने अर्को वर्षको  पोखरा मिडिया कप  खेल्नबाट समेत बन्चित गरिने छ । 

-  सम्पुर्ण खेलहरु नकआउट प्रणालिमा खेलाईने छन् । 

-  पोखरा मिडियाकपमा सहभागिता जनाउनका लागि संस्थाले टिम दर्ता शुल्क स्वरुप रु ५००० अक्षरुपी रुपैया पाँच हजार मात्र बुझाउनु पर्ने छ  । 

-  प्रत्येक टिममा ६ जना खेलाडी, दुई जना वैकल्पिक खेलाडी, एक जना टिम कोच र एक जना टिम म्यानेजर सहित १० जनाको टिम हुनु पर्ने छ ।

-  सहभागिता फर्म भर्दा सवैको नाम, फोटो, कार्यरत संस्था र पद खुल्ने परिचय पत्रको प्रतिलिपी समेत वुझाउनु पर्नेछ । 

-  सहभागि टिमले खेल खेल्दा अनिवार्य आफ्नो टिम खुल्ने जर्सी लगाउनु पर्नेछ । जुत्ताको हकमा फुटसल वा स्पोर्टस शुजलाई मात्र मान्यता दिईने छ । 

-  आयोजकले प्रकाशित गरेको समय सहितको खेल तालिका बमोजिमको समयमा सम्बन्धित टिम खेल संचालन समय भन्दा ३० मिनेट अगाडी खेल स्थलमा उपस्थित भई आयोजकको सम्पर्कमा रहनु पर्ने छ । अन्यथा उपस्थित भएको प्रतिस्पर्धि टिमलाई बिजय घोषित गरिने छ । दुवै टिम अनुपस्ति भएको खण्डमा दुबै टिम स्वतः वाहिरिने छन् ।

-  सम्पूर्ण खेलहरु फुटसलको नियम अनुसार प्रोफेसनल रेफ्रिहरुले खेलाउने छन् । 

-  खेलका बिचमा कुनै पनि बिवाद भएमा खेल संचालनमा रहेका रेफ्रिको निर्णय नै अन्तिम हुने छ , सहभागि सबैले रेफ्रिको निर्णयलाई मान्नु पर्नेछ । 

-  खेल १० -१० मिनेटको दुई चरणमा विभाजन गरी २० मिनेट खेलाईने छ । प्रत्येक खेलमा ५ मिनेटको ब्रेक टाईम दिईने छ । 

-  निर्धारित समयमा दुबै पक्षबिच बराबर भएमा पुन ५/५ मिनेट समय थप गरिने छ । थप समयमा पनि बराबर भएमा टाई व्रेकर सडन डेथ ( Sudden Death )वाट निर्णय गरिने छ । 

-  सहभागी टिम तथा खेलाडीहरु माथी अर्को कुनै टिम तथा खेलाडीले शंका गरेर  छानविनका लागि निबेदन दिएमा आयोजकले दिएको समय सिमा ( ३० मिनेट ) भित्र सम्पुर्ण प्रमाण खुल्ने कागजात र आवस्यक परेमा कम्तिमा २ महिना र वढिमा एक वर्ष भित्र सार्वजनिक भएको कुनै पनि आमसंचार सामाग्री पेश गर्नु पर्ने छ । 

-  खेलाडी तथा टिम छानबिनका लागि निबेदन दिँदा रु २५०० अक्षरुपी दुई हजार ५ सय रुपैया मात्र सहित आयोजकलाई बुझाउनु पर्नेछ । 

-  खेलका समयमा अनुशासन सहित खेलको मर्यादालाई कायम गर्नु पर्ने छ । अन्यथा खेल स्थलवाटै निस्कासन गरी वाँकी खेलमा सहभागि हुन वन्देज समेत गरिने छ । 

-  लागु औषध र कुनै पनि शक्ति वर्धक पदार्थको प्रयोगलाई पुर्ण रुपमा निरुत्साहित गरिएको छ । यदि त्यस्तो पाईएमा खेलमा सहभागी गराईने छैन । 

-  खेलका अवधिमा कुनै पनि खालको शारिरीक दुर्घटना भएमा प्राथमिक उपचार बाहेक अन्य उपचार सम्बन्धित टिमले नै बेहोर्नु पर्ने छ ।

फोटो  : सचिन मल्ल / जक्सन डटकम

Registration Form : 

Related Images

Write a Comment

Events
Random Picks