आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागी पारस खड्काको कप्तानीमा १६ सदस्य खेलाडी छनोट
2-November-2015

काठमाडौं, कात्तिक १७ / नेपाल क्रिकेट संघ क्यानले पिएनजीसँग आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५ खेल्ने अन्तिम खेलाडी छानेको छ। क्यानले आगामी नोभेम्बर १६ र २८ मा युएईमा हुने खेलका लागि निम्न खेलाडी पारस खड्काको कप्तानीमा १६ सदस्य खेलाडी छनोट गरेको छ।


सुचीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, अनिल मण्डल, सोमपाल कामी, करण केसी, महेशकुमार क्षेत्री, मेहबुब आलम, सरद भेसवाकर, पृथ्यु बाँस्कोटा, इर्साहाद अहमद, नरेश बुढाएर र बिक्रम सोब छन्।
 
यस्तै प्रमुख प्रशिक्षकमा पुबुदु दासानायके र सहायक कोचमा दिपेन्द्र प्रताप सिंह छन्। टेक्निकल एनालिस्टमा रमन सिवाकोटी र फिजोयोमा श्रील भगत छानिएका छन्।

Events
Random Picks