महिला ट्रायथोलनमा नेपाललाई स्वर्ण
2-December-2019


जक्सन डटकम
पोखरा, १६ मंसिर

१३ औं दक्षिण एसियाली खेलकुद, सागअन्तर्गत पोखरामा भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ ।

पोखरामा भएको खेलहरुमध्येमा पहिलो र साग अन्तरगत नेपालको  यो दोस्रो स्वर्ण पदक हो । आज बिहान पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले महिला तर्फको पहिलो स्वर्ण पदक दिलाएकी हुन ।

आजै भएको ट्रयाथोलन, पुरुषमा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले काश्य पदकमा चित्त बुझाएको छ । गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।

प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।

फोटो : अर्जुन गिरी / जक्सन डटकम

Write a Comment

Events