तेक्वान्दोमा नेपालले सातौं स्वर्ण जित्न सफल
2-December-2019


काठमाडौं, १६ मंसिर

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले २३ वर्षमाथिको पुम्सेमा पनि नेपालले स्वर्ण जितेको छ ।

नेपालका नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टिमले स्वर्ण जितेको हो । १३ औं सागमा नेपालले तेक्वान्दोमा जितेको यो सातौं स्वर्ण पदक हो ।

सोमबारको खेलमा नेपालले कराँतेमा ७, तेक्वान्दोमा ७ र ट्रायथोलनमा १ गरी कुल १५ पदक जितेको छ ।

फोटो : अनलाइनखबर

Write a Comment

Events