आतीसबाजी सहित पोखरामा साग खेलको उद्घाटन
2-December-2019


जक्सन डटकम
पोखरा, १६ मसिंर

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)का पोखरामा  हुने खेलको आज देखी उद्घाटन भएको छ । 

विभीन्न जातजातिका सांस्कृतीक झाँकी तथा सार्क राष्ट्रका खेलाडीहरुले मार्चपास र आतीसबाजी गर्दै  भव्य समारोह बिच उद्घाटन भएको छ । उद्घाटन गर्दैै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले यो साग खेल सगैँ पोखरा पर्यटकीय गन्तव्य मात्र नभएर खेकुदका माध्यमबाट पनि पर्यटनको क्षेत्रमा ठुलो योग्दान पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

सागले पोखरालाई उत्कृष्ठ खेलकुदका लागी उपयुक्त रहेको सन्देश दिएको संघिय युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनारले बताउनुभयो । धेरैलाई पोखरामा साग हुन्छ कि हुदैन भन्ने चिन्ता थियो भौतिक निमार्णको कामले धेरै तिब्रता नपाउँदा धेरैलाई शंका लाग्नु स्वभाविक भन्दै अझै केही काम गर्न बाँकी छ त्यो पनि समयमा नै पुरा हुनेछ ।

हामी सबै मिलेर सागको पटक पटक सर्दै आएको समय तालिकालाई छिचोल्दै खेल आयोजना गर्न सकियो यो राम्रो सन्देश रहेको बताए । हिजो काठमाडौँको दशरथ रंगशालामा भएको औपचारिक उद्घाटन पछि आज पोखरामा उद्घाटन भएको छ,  हामीलाई आशा छ हाम्रा खेलाडीहरुले राम्रो खेल प्रर्दशन गरेर पदक जित्ने छन् । ”

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले सागमा पदक जित्ने खेलाडीहरुलाई सरकारले केही जमिन समेत दिएर खेल क्षेत्रमा पनि भविष्य छ भन्ने सन्देश दिनुपर्ने भन्दै आफुले आज सम्म कागजी रुपमा म यो पोखराको साग खेलको भौतिक निमार्ण देखि व्यवस्थापन सम्मको जिम्मेवारीको कुनै आधिकारीक पत्र पाएको छैन तर पनि म केही काम गरेर देखाउन यो अभियानमा जोडिएको बताए । 

अतिथीहरु बसेको  कुर्ची एका एक खस्न थाले 

१३ औ सागको उद्घाटन भैरहेका बेला पोखरा रंगशाला गएको हप्ता मात्र राखीएका कुर्चीहरु एका-एक खस्न थाले पछि  अतिथीहरु नै विस्थापीत हुनु परेको थियो ।  उद्घाटन चलिरहेको थियो अगाडी मैदानमा मार्चपास गर्दै झाकीहरु प्रर्दशन हुदै थियो भने अति विशिष्ठ अतिथीहरु बसेको कुर्ची एका-एक तल बग्न थाले पछि एक छिन त रंगशालाका उपस्थीती सबै मानीसहरुको ध्याँन नै तितर बितर  भएको थियो । हतार हतार पोखरा रंगशालाको प्यारापीठको निमार्णको काम गरको फ्रान्सका केही प्रतिनिधी खोज्न आयोजकले आफ्ना स्वयम् सेवकहरुलाई खटाएको थियो । 

Write a Comment

Events