म्यानचेष्टर युनाइटेड पराजित, सिटी विजयी
13-December-2015

इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडले पराजय भोग्दा अर्को खेलमा म्यान्चेष्टर सिटीले भने जित हात पारेको छ। 

शनिबार भएको खेलमा युनाइटेडले नवप्रवेशी बोर्नेमाउथसँग २-१को हार व्यहोर्‍यो। 

म्यान्चेष्टर सिटी भने स्वान्सी सिटी विरुद्धको खेलमा २-१ले विजयी भयो। 

शनिबार भएका अन्य खेलमा क्रिस्टल प्यालेस र वाटफोर्डले जित दर्ता गरे । नर्विच सीटी र इभर्टन तथा वेष्ट ह्याम र स्टोक सिटीले बराबरी खेल्दै अंक बाँडे। 

जारी लिगमा १६ खेलमा ३२ अंक सहित म्यान्चेष्टर सिटी पहिलो स्थानमा छ भने १५ खेलमा समान ३२ अंक जोडेको लेइस्स्टर गोल अन्तरका आधारमा दोस्रो नम्बरमा छ। 

१५ खेलमा ३० अंकसहित आर्सनल तेस्रो, १६ खेलमा २९ अंकसहित म्यान्चेष्टर युनाइटेड चौथो र १५ खेलमा २६ अंकसहित टोटनह्याम पाँचौ स्थानमा छन्।  

Events
Random Picks