क्वाटरफाइनलमा नेपाल बंगलादेशसँग भिड्ने
2-February-2016

काठमाण्डु, १९, माघ– बंगलबादेशमा जारी यू–१ विश्वकपको क्वाटरफाइनलमा नेपाल बंगलादेशसँग भिड्ने भएको छ । मंगलबार बंगलादेशले नामिबियालाई हराएपछि नेपाल बंगलादेशसँग भिड्ने पक्का पक्की भएको हो ।

यसअघि न्यूजिल्याण्ड र आयरल्याण्डलाई हराउँदै नेपाल क्वाटरफाइनलमा पुगेको हो । सोमबार भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल समूह डी को उपविजेता बनेको हो ।

उपविजेता नेपालले समूह ए को विजेता बंगलादेशसँग उसकै होम ग्राउन्डमा क्वाटरफाइनल खेल्नेछ ।

समूह चरणको तीनै खेलमा अपराजित रहेको बंगलादेशले मंगलबार नामिबियालाई ८ विकेटले परापजत गरेको थियो । नामिबिया निर्धारित ५० ओभरको खेलमा ३२.५ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएको थियो ।

जवाफी ब्याटिङमा बंगलादेशले १६ ओभरमा नै आफ्नो दुई विकेट गुमाउँदै लक्ष्य भेट्टायो । खेल हारेपनि नामिबिया पनि यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । उसले समूह डीको विजेता भारतसँग खेल्नुपर्नेछ ।

Write a Comment