२३ वर्षपछि नेपाल साग फुटबल च्याम्पियन, भारत २–१ ले पराजित
15-February-2016
फाल्गुन ३, २०७२- नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गोल गरे । दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा हरिचरण नर्जरीले गोल गरि भारतले अग्रता लिएको थियो । पहिलो हाफसम्म गोलरहीत अवस्थामा रहेको नेपालले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो । नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई हराएको थियो । यस्तै भारतले अर्को सेमिफाइनलमा बंगलादेशलाई पन्छाएको थियो । नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा खेलेको यो पाँचौं अवसर हो । यसअघि नेपालले सन् १९८४ र १९९३ मा पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो । यस्तै १९८७ र १९९९ को फाइनलमा भने नेपाल पराजित रहेको थियो महिलातर्फको फाइनलमा भने भारतले सोमबार नै नेपाललाई ४–० ले हराएको थियो |

Write a Comment

Events
Random Picks