नाइकले ल्यायो आफै तुना कसिने स्मार्ट जुत्ता (भिडियोसहित )
20-March-2016

बिश्वबिख्यात जुत्ता उत्पादक कम्पनी नाइकले आफैं तुना कसिने स्मार्ट जुत्ता सार्वजनिक गरेको छ ।

यो जुत्तामा यस्तो बटन राखिएको जसले जुन थिचेपछि तपाइँको खुट्टाइको साइजलाई फिट हुनेगरी आफै तुना कसिन्छ ।

‘हाइपर एडप्ट-१.०’ नाम दिइएको यो जुत्तालाई कम्पनीका सीइओले बुधबार अमेरिकाको न्यूयोर्कमा लन्च गरेका छन् ।

नाइकको यो नयाँ जुत्तामा तपाइँले खुट्टा हाल्नासाथ तलुवामा रहेको सेन्सरले थाहा पाइहाल्छ र तुना कस्न थाल्छ । यदि तपाइँलाई तुना खुकुलो वा टाइट बनाउनु छ भने दायाँ-बायाँ राखिएका दुईवटा बटनको सहयोगले एडजस्ट गर्न सक्नुहुन्छ ।

नाइकका सीईओले यो नयाँ जुत्ता न्यूयोर्कमा लन्च गरेका छन् । औपचारिक विक्री भने आगामी महिनाबाट हुने अनुमान गरिएको छ । नाइकले यसको मूल्य पनि बताएको छैन् ।

Events
Random Picks