राष्ट्रिय भलिबल खेलाडी अरुणा शाही हङकङमा,आइतबार हुने प्रतियोगितामा खेल्ने।
30-April-2016

अरुणाले हङकङमा खेल्ने

काठमाडौं- राष्ट्रिय भलिबल टोलीकी स्पाइकर अरुणा शाहीले हङकङमा हुने नवौं स्याङ्जा कप भलिबल प्रतियोगिता खेल्ने भएकी छन्। आइतबार हुने प्रतियोगितामा अरुणाले आयोजक स्याङ्जा जनसेवा समिति हङकङबाट खेल्ने मध्यपश्चिम क्षेत्रीय भलिबल संघका सचिव कुमार गुरुङले जानकारी गराएका छन्। एकदिने महिला/पुरुष खुला भलिबलमा हङकङमा बस्ने नेपाली टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
 

nepalipatr-april

प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ६ टोलीको सहभागिता रहेको गुरुङले बताए।

प्रतियोगिता खेल्न अरुणा बिहीबार हङकङ गएकी छन्। उनलाई बिहीबार नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका अध्यक्ष छ्यामबहादुर थापा लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

अरुणाले व्यक्तिगत राम्रो प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाउन प्रयास गर्ने बताइन्। उनी राष्ट्रिय टोलीकी साइड स्पाइकर हुन्। पश्चिमाञ्चल टोलीबाट घरेलु प्रतियोगिता खेल्ने अरुणा१२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले कांस्य जित्दा टोलीकी सदस्य थिइन्।

दुई वर्षअघि काठमाडौंमा सम्पन्न प्रथम आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा अरुणाले राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। च्याम्पियनसिपमा नेपालले ऐतिहासिक रजत पदक जितेको थियो।

 

Write a Comment