बहिनीको मृत्युपछि बेल्जियमबाट बिमल फर्कँदै
26-May-2016

१३ जेठ । उपचारका लागि बेल्जियममा रहेका फुटबलर बिमल घर्तिमगर बहिनीको मृत्यूको खबरपछि स्वदेश फर्कँदैछन् । उनी भोलि बिहान साँढे नौ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटवल संघ (एन्फा) ले जानकारी दिएको छ ।

बायाँ खुट्टाको लिगामेन्टको उपचारका लागि बिमल गत बैशाख २९ गते मात्र बेल्जियम गएका थिए । बुधबार राति हत्या गरिएकी उनकी बहिनी मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइँदैछ ।

Write a Comment

Events
Random Picks