च्याम्पियन लिगको उपाधी रियल मड्रिडलाई
29-May-2016

फोटो :एजेन्सी

एजेन्सीः रियल मड्रिडले च्याम्पियन लिगको उपाधी हात पारेको छ । उपाधिसँगै  रियल मड्रिड ११ औं पटक युरोपको च्याम्पियन बनेको छ ।

शनिबार राति भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा एथ्लेटिको मड्रिडलाई ५–३ ले हराएरपछि रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि चुमेको हो । यो उपाधिसँगै रियल मड्रिडले च्याम्पियन लिगको उपाधि ११ औं पटकसम्म उचालिसकको छ ।

मिलानमा सम्पन्न फाइनल खेलको निधारित समय तथा थप गरिएको अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टि सुट आउटका आधारमा तय गरिएको थियो ।

खेलको १५ औं मिनेटका सर्जिलो रामोसले गोल गरेर रियललाई अगाडि बढाएका थिए । तर, खेलको ७९ औं मिनेटमा यानिक कारासकोले गोल गरेपछि खेल बराबरीमा पुग्यो ।
त्यसपछि थप गरेको ३० मिनेटको समयमा कुनै गोल हुन सकेन ।

त्यसपछि प्रतियोगितालाई पेनाल्टीमा पुर्ंयाइएको थियो । एथ्लेटिकोका लागि चौंथो पेनाल्टी प्रहार गर्न आएका  वानफ्रानको बलले जाली नचुमेपछि एथ्लेटिको उपाधि होडबाट बाहिरिएको हो ।  

यसअघि सन् २०१४ मा पनि रियलले एथ्लेटिको मड्रिडलाई नै हराएर उपाधि जितेको थियो ।

 

Write a Comment

Events
Random Picks