स्पेन युरो कपको नकआउट चरणमा, टर्की आउट
17-June-2016

टर्कीमाथि शानदार जित हात पार्दै दुई पटकको च्याम्पियन स्पेन युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

शनिबार विहान भएको एकपक्षीय खेलका स्पेनले टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । यससँगै युरो कप २०१६ मा दुई भन्दा बढी गोल गर्ने पहिलो टिम स्पेन बनेको छ ।

नाइसमा भएको खेलमा स्पेनले ३४ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै नोलिटोले अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ४८ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दा स्पेन ३-० को अग्रता लिन सफल भयो । यो गोल भने २१ पासमा भएको थियो, जसमध्ये ९ आउट फिल्ड प्लेयरले खेलेका थिए ।

Events
Random Picks