रोनाल्डोलाई प्रश्नः पेनाल्टीमा त ‘बस पार्क’ गरिएको थिएन !
19-June-2016

एजेन्सी– युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार बिहानको खेलमा पोर्चुगललाई अष्ट्रियाले पनि गोलरहित बराबरीमा रोकेको छ ।

समूह ‘एफ’ मा रहेको पोर्चुगलले यसअघि आफ्नो पहिलो खेलमा पनि आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो चरण प्रवेशको लागि पोर्चुगललाई दोस्रो खेलमा स्पस्ट जित आवश्यक थियो ।
स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अस्ट्रियाविरुद्ध पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । आइसल्याण्ड विरुद्धको खेलमा रोनाल्डोले भनेका थिए, ‘आइसल्याण्डका खेलाडीहरु आफ्नो गोलपोस्टमा ‘बस पार्क’ गरे झै बसिदिए । र नराम्रो फुटबल प्रदर्शन गरे । ’

खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको पोर्चुगलले ७९ औं मिनेटमा पेनाल्टी पाएको थियो । रोनाल्डोले प्रहार गरेको पेनाल्टी पोलमा लागेर फर्कियो ।  अस्ट्रियाको पोस्ट्मा रोनाल्डोलाई लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो। अस्ट्रियाविरुद्ध पनि जित निकाल्न नसकेपछि पोर्चुगललाई अब अन्तिम १६ मा पुग्न समूहको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको हंगेरीविरुद्ध स्पष्ट जित निकाल्नै पर्ने बाध्यता छ ।

Write a Comment

Events
Random Picks