टर्कीको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै
21-June-2016

चेक रिपब्लिकलाई हराउँदै टर्कीले युरो कप २०१६ को नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

बुधबार विहान भएको आफ्नो समूह चरणको अन्तिम खेलमा टर्कीले चेक रिपब्लिकलाई २-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै ३ अंक जोडेको टर्की तेस्रो स्थानमा छ ।

 एक अंकका साथ पुछारमा रहेको चेक रिपब्लिक समूह चरणबाटै बाहिरिएको छ ।

लियोनमा भएको खेलमा टर्कीले १० औं मिनेटमा बुराक यिलमाजको गोलबाट अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा ओजान तुफानले गोल गर्दै जित सुनिश्चित गरे ।

Events
Random Picks