हंगेरीसँग ३ - ३ गोलको बराबरी खेल्दै पोर्चुगल नकआउट चरणमा, रोनाल्डोको दुई गोल
22-June-2016

पोर्चुगल र हंगेरी खेले ३ - ३ गोलको बराबरी

क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा पोर्चुगलले हंगेरीसँग बराबरी खेलेको छ र युरो २०१६ को नक आउट चरणमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा हंगेरी र पोर्गुगलले ३-३ को बराबरी खेलेका छन् । बराबरीसँगै हंगेरी ५ अंकका साथ समूह फएको विजेता बनेको छ । ३ अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा रहृयो ।

तर, तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुगेको छ । अब पोर्चुगलले अन्तिम १६ मा समूह डीको विजेता क्रोएसियासाग खेल्नु पर्नेछ ।