फ्रान्स सानदार जित संगै क्वार्टरफाइनलमा , आयरल्याण्ड बाहिरियो
26-June-2016

फ्रान्सले आयरल्याण्डलाई  २ - १ गोल अन्तर ले पराजित गरेको छ  । जित संगै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने आयरल्याण्ड बाहिरिएको छ । 

आषाढ १२ । 

 पहिलो हाफको दोस्रो मिनेटमा गोल खाएर पछि परेको अवस्थालाई उल्ट्याउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुग्न सफल भएको छ ।

पेरिसमा आइतबार साँझ भएको खेलमा फ्रान्सले आयरल्यान्डमाथि २–१ को कठिन जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

फ्रान्सको क्वार्टर फाइनल यात्रा तय गर्ने क्रममा एट्लेटिको मड्रिडका एन्टेनिया ग्रिजमन नायक बने । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा पेनाल्टीबाट गोल खाएको अवस्था ग्रिजमनले दोस्रो हाफमा उल्ट्याए ।

ग्रिजमनले उत्कृष्ट तालमेल मिलाउँदै खेलको ५८ औं मिनेटमा साग्न्याको भली पासलाई हेडमार्फत गोल गर्दै बराबरीमा ल्याए ।

त्यसपछि खेलको ६१ औं मिनेटमा आयरल्यान्डको डिफेन्स लाइनअपले तालमेल गुमाएको फाइदा लिँदै ओलिभर गिराउडको पासमा ग्रिजमनले नै अर्को गोल गरे ।

दुई गोल खाएपछि संकटमा परेको आयरल्यान्ड ६६ औं मिनेटमा रातो कार्ड खाँदै ड्युफी बाहिरिएपछि झनै दबाबमा परेको थियो ।

यो हारपछि बेलायतबाट युरोकपमा पुगेका दुबै आयरल्यान्ड घर फर्केका छन् । हिजो भएको खेलमा वेल्ससँग पराजित हुँदै नोर्दन आयरल्यान्ड पनि घर फर्किसकेको छ ।

Events
Random Picks