आईसल्याण्ड द्वारा इंग्ल्याण्ड पराजित, क्वाटरफाइनलमा फ्रान्स संग भिड्ने
27-June-2016

असार १४, पोखरा ।
जारी युरो कपमा आईसल्याण्डले इंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ  ।
मंगलबार बिहान भएको खेलमा सानो देश आईसल्याण्डले उत्कृस्ट खेल प्रदर्शन गरेको थियो ।
खेलको चौथो मिनेटमा नै पेनाल्टी मार्फत पछि परेको आईसल्याण्डले छैटौ मिनेटमा नै गोल फर्काएको थियो । त्यस लगत्तै १६ औ मिनेट मा आर्को गोल थपेको थियो ।
हार संगै इंग्ल्याण्ड खेलबाट बाहिरियो छ भने क्वाटरफाइनलमा आईसल्याण्डले फ्रान्स प्रतिद्वन्दी पाएको छ ।

Events
Random Picks