पोर्चुगल युरो कपको सेमी फाईनलमा
30-June-2016


पोल्याण्ड बिरुद्ध पोर्चुगल 
पेनाल्टी शुट आउटमा ५-३ ले बिजयी
१२० मिनेट सम्म १-१ गोल को बराबरी खेलेका थिए 

असार १७ । पेनाल्टी सुटआउटमा पोल्याण्डलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

गएराति भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गरेको हो। 

निर्धारित ९० मिनेटमा समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो। तर, ३० मिनेटको अतिरित्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। 

खेलको दोस्रो मिनेटमै पोल्याण्डका रोबर्ट लेवानडोस्कीले आकर्षक गोल गर्दै सुरुवाती अग्रता दिलाए। तर त्यो अग्रता पोल्याण्डले टिकाइराख्न सकेन। 

खेलको ३३ औं मिनेटमा पोर्चुगलका सबैभन्दा कान्छा खेलाडी रेनाटो सान्चेसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। 

पोर्चुगलले अब फाइनल प्रवेशका लागि बेल्जियम र वेल्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

Related Images