रोनाल्डोलाई उछिने सान्चेजले
11-July-2016

असार २७ – पोर्चुगलका रेनाटो सान्चेज युरोकप फुटबलको फाइनल खेल्ने सबै भन्दा कम उमेरका खेलाडी बनेका छन् । उनले पोर्चुगलकै कप्तान क्रिष्टियानो रोनाल्डोले १२ वर्ष अघि बनाएको कीर्तिमान भंग गरेका हुन् । आइतबार राति पेरिसमा भएको फाइनल खेल्दा उनी १८ वर्ष तीन सय २८ दिनका थिए । रोनाल्डो १२ वर्षअघि सन् २००४ को युरोकपको फाइनल खेल्दा १९ वर्ष एक सय ५० दिनका थिए । उनी युरोकप जित्ने सबै भन्दा कम उमेरका खेलाडी पनि भएका छन् ।

तर गोल पनि गर्ने र उपाधि पनि जित्ने कम उमेरका खेलाडीको कीर्तिमान भने इटालीका पिएट्रो एनास्टासी नाममा छ । 

युरोकप फाइनल खेल्ने कम उमेरका खेलाडी 


१) रेनाटो सान्चेज (पोर्चुगल)–१८ वर्ष ३२८ दिन (पोर्चुगल भर्सेस फ्रान्स, २०१६)

२) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)–१९ वर्ष १५० दिन (पोर्चुगल भर्सेस ग्रिस, २००४)

३) एनाटोली बेडास्नी (सोभियत युनियन)–१९ वर्ष २६२ दिन (सोभियत युनियन भर्सेस पश्चिम जर्मनी, १९७२)४)

जोभान एकिमोविच (युगोस्लाभिया)–१९ वर्ष ३५४ दिन (इटाली भर्सेस युगोस्लाभिया, १९६८)

५) पिएट्रो एनास्टासी (इटाली)–२० वर्ष ६३ दिन (इटाली भर्सेस युगोस्लाभिया, १९६८)

– स्रोत : युइएफए

Events
Random Picks