युरोकप च्याम्पियन पोर्चुगलको भब्य स्वागत (फोटोफिचर)
12-July-2016

फ्रान्समा भएको युरोकप फुटबल २०१६ को उपाधि बिजेता टोली पोर्चुगल फुटबल टिमको भव्य स्वागत भएको छ।

आयोजक राष्ट्र फ्रान्सलाई १–० ले पराजित गर्दै पहिलो पटक युरोकप फुटबलको उपाधि उचालेको पोर्चुगल फुटबल टिमको पोर्चुगलमा भव्य स्वागत गरिएको हो। सोमबार पोर्चुगल फर्केको च्याम्पियन टोलीको लिस्वनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो।

प्रशिक्षक सान्तोष र कप्तान क्रिष्टियानो रोनाल्डोसहितको च्याम्पियन टोलीलाई स्वागत गर्न राष्ट्रपति रिबेलो डी सोउसासहितको सरकारी टोली  नै लिस्वोन विमानस्थलमा स्वागत गरेको थियो। यस्तै च्याम्पियन टोलीको स्वागत गर्न हजारौंको संख्यामा उपस्थित समर्थकहरु जम्मा भएका थिए।  

च्याम्यिन टोली विमानबाट ओर्ले लगत्तै राष्ट्रपतिले स्वागत गरेपछि बसमा राखेर नगर परिक्रममा गराइएको थियो।

नगर परिक्रमाका क्रममा सडकमा जम्मा भएका लाखौं समर्थकले खुसीले नारा लगाउँदै खेलाडीप्रति सम्मान व्यक्त गरेका थिए। उनीहरुले ‘हाम्रा खेलाडी हाम्रा राजा हुन्’ भन्दै नारा लगाएका थिए।

Related Images

Write a Comment