वेस्ट ह्यामलाई पराजित गर्दै चेल्सी विजयी
16-August-2016


 – डिएगो कोस्टाले अन्तिम समयमा गरेको गोलको मद्दतले चेल्सीले वेस्ट ह्यामलाई संघर्षपूर्ण खेलमा हराउँदै नयाँ प्रिमियर लिग सिजनमा विजयी शुरुवात गरेको छ । नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको नेतृत्वमा रहेको चेल्सी २–१ गोलअन्तरले विजयी भएको हो ।
चेल्सीले खेलको ४७ औं मिनेटमा एडिन हजार्डको पेनाल्टीमार्फत अग्रता लियो । मिकायल एन्टोनियोले सेजार एपिलिक्युएटालाई डि एरिया लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो ।
तर, खलको ७७ औं मिनेटमा जेम्स कोलिन्सले वेस्ट ह्यामलाई बराबरीमा ल्याए ।
खेल सकिन लाग्दा २० यार्ड टाढाबाट गोल गर्दै कोस्टाले चेल्सीलाई तीन अंक दिलाए ।
२७ वर्षीय स्पेनिस फरवार्ड यसअघि रातो कार्ड पाउनबाट जोगिएका थिए । रेफ्रीसँग बादविवाद गरेपछि पहेँलो कार्ड पाएका उनले वेस्ट ह्यामका गोलकिपरलाई खतरनाक फल हान्दा दोस्रो कार्ड खानबाट जोगिएका थिए ।
गत सिजन १० औं स्थानमा सिमित बनेको चेल्सीले नयाँ प्रशिक्षकको नेतृत्वमा पुनः लिग उपाधिको दाबेदारी प्रस्तुत गर्ने आशा गरिएको छ ।

 

Events
Random Picks