नेपाल लाओसलाई टाइब्रेकरमा ३-० ले हराउँदै फाइनलमा
12-November-2016

२७ कात्तिक

एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउ प्रतिद्वन्द्वी पाएको छ ।

नेपाल लाओसलाई टाइब्रेकरमा ३-० ले हराउँदै फाइनलमा पुगेको छ । र, अर्को सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ५-४ ले हराएको छ ।

यसअघि निर्धारित समयको खेलमा ब्रुनाईले पहिलो हाफमा अग्र्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो ।

९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो ।

टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।

Write a Comment

Events
Random Picks