पश्चिमाञ्चलबाट पुरुष भलिबल र हकीका खेलाडी छनोट
14-December-2016

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पश्चिमाञ्चलबाट भलिबल खेलाडी छनोट भएका छन् । म्याग्दीमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । पुरुष भलिबल तर्फ सन्जु शाही(स्याङजा),धनश्याम चौधरी(नवपरासी), ओमकार थापा(बाग्लुङ), रमेश केसी(स्याङजा), यमबहादुर गुरुङ(कास्की), कमल सुनार(स्याङजा), रामनारायण महतो(नवलपरासी), काजी केसी(स्याङजा), लोकेन्द्र भण्डारी(रुपन्देही), सुजन चोख्याल(म्याग्दी), सुजन थापा(स्याङजा) र हरिप्रसाद पाण्डे(स्याङजा) छनोट भएका छन् ।
भएको महिला भलिबल प्रतियोगितामा म्याग्दी लिल्ला भलिबल संघ प्रथम भएको छ । मगलबार भएको फाइलन खेलमा म्याग्दीले बाग्लुङलाई ३–१ को सेटमा पाखा लगाउदै प्रथम भयो भने कास्की तेश्रो भएको छ ।त्यस्तै पुरुष भलिबलमा स्याङजा जिल्ला भलिबल संघ प्रथम भएको छ । फाइनलमा स्याङजाले कास्कीलाई ३–० को सोझो सेटमा पाखा लगाउदै प्रथम भएको हो । २५–२०,२५–२२,२५–१८ को स्कोरमा पराजित गरेको हो । रुपन्देही तेश्रो भयो ।


त्यस्तै सातौका लागी पश्चिमाञ्चलबाट हक्कीका खेलाडी महिला पुरुष खेलाडी छनोट भएका छन् । पोखरा रगंशालामा सोमबार र मंगलबार भएको प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । हक्की महिला तर्फ मनिला मगर, समिक्षा पुन मगर, कमलादेवी धर्तीपुन, सुनिता गुरुङ, कमला रानामगर, पवित्रा गुरुङ, छाया थापा मगर, मनिता राना मगर, अन्जली ठकुरी, रोनी गुरुङ, रेनु गुरुङ्, नानु गुरुङ,अतिथि शाही, अन्तीम गौचन, गिता परियार, सुजिना लामा छनोट भएका छन भने बैकल्पिकमा र रेष्मा खान र  पुष्पा गुरुङ रहेको प्रशिक्षक सन्जोग थापाले बताए ।


त्यस्तै हकी पुरुष तर्फ हित गुरुङ,यमन रसाइली, इन्द्र पुन, अमरबहादुर गुरुङ,दुत गुरुङ,सागर खाँण, नविन धमाल, विप्लव गिरी,पवन परियार, राजन नेपाली, एलम्वर आले, कमल सुनार, सुवास राना मगर, प्रेम विक, नविन गुरुङ, रोयान श्रेष्ठ र बैकल्पिकमा आसेन नेपाली र आसीम थापा बैकल्पिकमा रहेका प्रशिक्षक राजेन्द्र पाठकले बताए । 

Events
Random Picks