फिफा अध्यक्ष ब्लाटरले किन दिए राजिनामा ?
3-June-2015

जक्सन डटकम,जेठ १९ । सेफ ब्लाटरले फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षबाट राजीनामा दिएका छन्। सन् १९९८ देखि अध्यक्ष रहँदै आएका ब्लाटर शुक्रबार पाँचौ पटक फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष चुनिएका थिए। अध्यक्ष पदको निर्वाचन अघि फिफाका वर्तमान र पूर्व ७ अधिकारीलाई भ्रष्टाचार र घुस लेनदेन प्रकरणमा पक्राउ गरिएको थियो। फिफाको मुख्यालय जुरिचमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत ब्लाटरले पद छोडेका हुन्।

फिफालाई आफूले धेरै मायाँ गर्ने बताउँदै ७९ वर्षीय  ब्लाटरले भने, ‘मैले मेरा ४० वर्ष फिफाका लागि दिएँ। म अरु सबैभन्दा बढी फिफालाई माया गर्छु,’ उनले अगाडि भने, ‘म सँधै राम्रो गर्न चाहन्थेँ र त्यसैका लागि यसपाली पनि उम्मेदवारी दिएको हुँ।’ ​आफू सबैं फुटबल प्रेमीको अध्यक्ष भएको भन्दै उनले फिफा अध्यक्षको चुनावका लागि विशेष अधिवेशन बोलाउने बताए। चुनावी झन्झटबाट आफू मुक्त भएको भन्दै ब्लाटरले भने.‘म अब अध्यक्षमा लडदिनँ। चुनावी झण्झटबाट मुक्त भएको छु।’

उनले जाँदा जाँदै आफूले फुटबलमा सुधारका धेरै कुराहरू गरेपनि त्यो अप्रयाप्त भएको बताए।

Events
Random Picks