सातौँ राष्ट्रिय खेलकुद : आज २५ वटा खेल
24-December-2016

विराटनगर, पुस ९ – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शनिबार २५ वटा खेल हुँदैछन् । शुक्रबार उद्घाटन भएको प्रतियोगितामा शनिबार विभिन्न २५ खेल हुन लागेको हो । 

​कुन खेल कहाँ ? 

  • सुनरीको इटहरीमा– महिला क्रिकेट, तेक्वान्दो, एथ्लेटिक्स र पुरुष तथा महिला भलिबल

  • सुनसरीको धरानमा उसु, बास्केटबल र पुरुष फुटबल  

  • सुनसरीको ईनरुवामा खो खो  

  • झापाको चन्द्रगढीमा पुरुष र महिला बक्सिङ 

  • झापाको काँकड्भिट्टामा ब्याडमिन्टन 

  • झापाको धुलाबारीमा जिम्न्याष्टीक र जुडो  

  • झापाको दमकमा आईटिएफ तेक्वान्दो

  • मोरङको विराटनगरमा कराँते, हक्की र टेवलटेनिस  

  • मोरङको टंकीसिनवारीमा कबड्डी र ह्याण्डबल 

  • मोरङकै बैजनाथपुरमा सफ्ट टेनिस, सुटिङ र पुरुष क्रिकेट  

  • धनकुटामा चेस  

महिला फुटवलमा पदकको छिनोफानो आज

राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबलमा पदकको छिनोफानो शनिबार हुँदैछ । सुनसरीको दुहबी रंगशालामा दिउँसो २ बजेपछि हुने महिला फुटबलको फाइनलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब खेल खेल्नेछन् । जित्ने टीमले स्वर्ण र हार्नेले रजत पदक पक्का गर्नेछ ।

प्रतियोगिता अन्तर्गत पुरुष फुटवलमा समूह ‘क’ को पहिलो खेलमा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्र खेल्नेछन् भने दोस्रो खेलमा मध्यमाञ्चल र पूर्वाञ्चल खेल्नेछन् । यी खेल धरानमा रहेको एन्फा टेक्निकल इन्टिच्युटको मैदानमा हुनेछन् । 

Events
Random Picks