१० हजार मिटर ३१ मिनेट ३९.०५ सेकेण्डमा पूरा गरेर स्वर्ण
27-December-2016

सनुसरी, पुस १२ ।  सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत १० हजार मिटर दौडमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । सुनसरीको इटहरीमा भएको खेलमा १० हजार मिटरको दूरी गोपीचन्द्रले ३१ मिनेट ३९ दशमलव ०५ सेकेण्डमा पूरा गरे ।

यस्तै उनीभन्दा ५ सेकेण्ड ढिलो दूरी पूरा गरेका आर्मीका कृष्ण बस्नेतले रजत र आर्मीकै हरि रिमालले काश्य पदक जिते ।

कृष्णले ३१ मिनेट ४४ दशमलव ०५ सेकेण्डमा दूरी पूरा गरे भने हरिले दूरी पूरा गर्न ३१ दशमलव ५९ दशमलव ८४ सेकेण्ड लगाए ।