लिग कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा साउथह्यामप्टन बिजयी
11-January-2017

पुस २८ । साउथह्यामप्टनले इ एफ एल लिग कप फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा साउथह्यामप्टनले लिभरपुललाई १–० ले हराएको छ ।


घरेलु मैदानमा भएको खेलमा साउथह्यामप्टनलाई जिताउन २० औं मिनेटमा नाथन रेडमोण्डले गरेको गोल नै निर्णायक बन्यो । प्रिमियर लिगमा शीर्ष स्थानको होडमा रहेको लिभरपुल यो खेलमा भने साउथह्यामप्टनसँग पराजित भयो ।


लिभरपुलका गोलरक्षक लोरिस कासिउसले पहिलो हाफमा रेडमोण्डका दुई प्रहारको सुन्दर बचाउ गरेका थिए । सेमिफाइनलको दोस्रो लेग जनवरी २५ मा लिभरपुलको मैदानमा हुनेछ । 

Events
Random Picks