फिफा बरियता नेपाल २ स्थान तल झर्‌‍यो
4-June-2015

जक्सन डटकम,जेठ २१ / फुटवलको विश्व वरियतामा नेपाल २ स्थान तल झरेको छ। फुटवलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १ सय ८३ औं स्थानमा रहेको छ। अघिल्लो महिनाको बरियतामा नेपाल १ सय ८१ औं स्थानमा थियो। दक्षिण एशियाली देशमा ६ स्थान माथि उक्लदै भारत सबैभन्दा माथि छ। यस्तै १६ स्थान तल झर्दै दक्षिण एसियाको पावर हाउस अफगानिस्तान १५१औ स्थानमा आइपुगेको छ।

नेपालभन्दा पछाडि श्रीलंकामात्र रहेको छ। उसले आफ्नो वरियता २ स्थान सुधारेर १ सय ८६ औं स्थानमा पुगेको छ।

४ स्थान माथि उक्लदै भुटान १ सय ५९, ३ स्थान सुधारेर बंगलादेश १ सय ६६ औं र पाकिस्तान १ सय ७० स्थानमा पुगेका छन्। ३८ स्थान तल झरेको माल्दिभ्स १ सय ७८ औं स्थानमा छ।

विश्व वरियताको पहिलो स्थानमा भने विश्वविजेता जर्मनी नै कायम छ। दोस्रो स्थानमा भने अर्जेन्टिनालाई एक स्थान तल झार्दै बेल्जियम आइपुगेको छ। चौथो स्थानमा कोलम्बिया, पाँचौंमा ब्राजिल, छैठौंमा नेदरल्याण्ड, सातौंमा पोर्चुगल, आठौंमा उरुग्वे, नवौंमा फ्रान्स र दशौंमा स्पेन रहेका छन्।