दोस्रो एक दिवसीयमा भारतद्वामरा इङल्याण्डलाई ३ सय ८२ रनको लक्ष्य प्रस्तुत
19-January-2017

माघ ६ ।  दोस्रो एक दिवसीयमा भारतले इङल्याण्डलाई ३ सय ८२ रनको लक्ष्य दिएको छ ।  कट्टकमा इङल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर ३ सय ८१ रन बनाएको हो । 

भारतका युवराजसिंहले १ सय ५० रनको योगदान दिए भने पूर्व कप्तान महेन्द्रसिंह धोनीले १ सय ३४ रन बनाए ।  ३९ रन बनाउँदा ३ विकेट गुमाएको अवस्थालाई सम्हाल्दै धोनी र युवराजले चौथो विकेटका लागि २ सय ५६ रनको साझेदारी गरेपछि भारतले सम्मानजनक स्कोर बनाएको हो । 

तीन टेष्टको श्रृङखला क्लिनस्विप गरेको भारत बिहीबारको खेल जित्दै तीन एक दिवसीय श्रृङखला आफनो नाममा पार्ने दाउमा छ भने पाहुना टोली इङल्याण्ड पहिलो जीतको खोजीमा छ । 

पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको थियो । इङल्याण्डले भारत रहँदा अझै एउटा एक दिवसीय र तीन वटा ट्वान्टी ट्वान्टी म्याच खेल्ने छ । 

Write a Comment

Events
Random Picks