एउटै खेलमा १६ सय ३५ गोल
5-June-2015

जेठ २२ – सबै भन्दा लामो समयसम्म फुटबल खेलको नयाँ विश्व कीर्तिमान कायम भएको छ । इंग्ल्याण्डको सेन्ट मेरिजमा शुक्रबार एक सय दुई घण्टासम्म फुटबल खेल खेल्दै इंग्लिस क्लब साउथह्यामप्टका खेलाडीले नयाँ विश्व कीर्तिमान बनाएका हुन् । टेस्टल्याण्ड सहयोग आयोजनाका लागि सहयोग जुटाउन खेलीको खेलमा ३६ जना खेलाडी सहभागी थिए । यसअघि एक सय एक घण्टाको विश्व कीर्तिमान थियो । रातो र सेतो टिमबाट खेलेका खेलाडीले खाना खान, शारीरिक व्यायाम गर्न तथा सुत्नका लागि विश्राम लिएका थिए ।

एक सय दुई घण्टासम्म चलेको खेलमा १६ सय ३५ गोल भएको थियो । खेलमा रातो टिमले सेतोलाई ९१०–७२५ गोलले पराजित गरेको थियो ।

– एजेन्सीको सहयोगमा