मध्यरातमा दुःखद खबर ! एन्फाका कार्यवाहक अध्यक्ष श्रेष्ठको करेन्ट लागेर निधन
12-June-2015

 जक्सन डटकम,जेठ २९ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको शुक्रबार राति निधन भएको छ। करेन्ट लागी उनको निधन भएको जनाएको छ।

श्रेष्ठ थ्री स्टार क्लबका अध्यक्ष पनि थिए। भ्रष्टाचारको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरेपछि एन्फा अध्यक्ष गणेश थापाले आफ्ना विश्वासपात्रका रुपमा रहेका श्रेष्ठलाई गत कात्तिकमा कार्यवाहक जिम्मेवारी दिएका थिए। त्यसअघि उनी एन्फाका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता थिए।