कोपा अमेरिका : मेक्सिको र बोलेभियाको बराबरी
14-June-2015

चिली, जेष्ठ ३० - कोपा अमेरिकाको शुक्रबार भएको समुह चरणको दोस्रो खेलमा मेक्सिको र बोलेभियाले गोलरहित बराबरी खेलेको छ ।

मेक्सिकोले खेलको सुरुदेखि नै राम्रो अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न भने सकेन । बोलेभियाले पनि खेलको मध्यान्तर पूर्व केही उत्कृष्ट मौकाहरू सिर्जना नगरेको भने होइन । तर, बोलेभियन स्ट्राइकरलाई पनि भाग्यले साथ दिएन ।

खेल अवधीभर मेक्सिकोले बोलेभिया माथी दबाब कायम राखेपनि गोल गर्न भने सकेन ।

यस अघि बिहिबार भएको समुह ‘ए’कै पहिलो खेलमा चिलीले इक्वेडरलाई २–० ले हराएको थियो ।

 

Events
Random Picks