कुनै बेला हीराको व्यापार गर्ने चर्चित क्रिकेटर अहिले बस धोएर जीवन चलाउँदैछन्
15-June-2015

(एजेन्सी) कुनै बेला हिराको व्यापार गर्ने न्यूजील्याण्डका चर्चित पूर्व अलराउन्डर क्रिकेट खेलाडी क्रिस केन्र्सको जीवनमा खेल मैदानमा म्याच फिक्सिङको आरोप लागेपछि ठूलै झड्का लाग्यो । म्याच फिक्सिङको आरोपमा कानुनी झमेला शुरु भएपछि उनको जीवनमा निकै ठूलो उचार चढाव आयो । अन्ततः उनी बस अड्डामा सफाई गर्ने तथा बस सफाई गर्ने सम्मको काम गर्न बाध्य बने ।
न्युजील्याण्डका लागि कयाँै पटक निकै राम्रो प्रदर्शन गरेका केन्र्सले शनिबार आफ्नो ४५ आँै जन्मदिन मनाएका छन् । सन २००६ मा क्रिकेटबाट टाढा भएका उनी बसाई सरेर दुबई गएका थिए । त्यहाँ हीराको व्यापार शुरु गरेका उनको सन् २०१३ मा फिक्सिङमा नाम जोडिएपछि जीवन नै बदलियो ।

सन् २०१० मा हिराको व्यापार सुरु गरेका उनले आफ्नी श्रीमती मेलानी क्रोसरलाई प्रपोज गर्दा ३०२ क्यारेटको हीरा उपहारको रुपमा दिएका थिए । तर म्याच फिक्सिङ गरेको आरोप लागेपछि कानुनी खर्च बढेका कारण उनी सडकमा आएको उनकी श्रीमती बताउँछिन् ।
उनले भनिन्, ‘क्रिससँग कुनै बिकल्प नै छैन, उनलाई आफ्नो परिवारका लागि भएपनि यो सबै गर्नुपर्छ, किनकी हामीले धेरै बिल तिर्नुपर्ने अवस्था रहेको छ ।’ उनले आफुहरुसँग घर नभएको र भाडामा बस्नुपरेको बताएकी छिन् । क्रोसर प्रोजेक्ट म्यानेजरका रुपमा काम गर्छिन् साथै उनी पूर्व बास्केटबल खेलाडी पनि हुन् ।’
क्रिसले फिक्सिङको आरोपछि कानुनी खर्च पूरा गर्न सडकमा गएर काम माग्नुपर्ने अवस्था सिर्जना भएको थियो । उनलाई २०१४ सेप्टेम्बरमा आकल्याण्ड काउन्सिलले जागिर दिएको थियो । उनले त्यहाँ ट्रक चलाउने काम गर्छन् । साथै शहरका बस अड्डामा पानीको फोहराले पखाल्ने गर्नुपर्र्छ । यसबापत उनले एक घण्टाको १७ डलर कमाउँछन् ।

मोदीको ट्वीटका कारण आइपीएल खेल्नबाट बञ्चित
आइपिएल क्रिकेट प्रतियो २०१० मा सहभागिता जनाउने इच्छा व्यक्त गरेका उनी आइपीएलका तत्कालिन कमिश्नर ललित मोदीको ट्वीटका कारण उक्त प्रतियोगिता खेल्नबाट बञ्चित भएका थिए । मोदीले क्रिसको नाम फिक्सिङमा जोडिएको भन्दै ट्वीट गरेपनि उनको योजना तुहेको थियो । मोदीको ट्वीट पश्चात उनको नाम आइपिएल एक्सन लिस्टमा परेको थियो । तर मोदीले उक्त आरोपलाई पुष्टि गर्न नसकेपछि अदालतले क्रिसको पक्षमा फैसला गरेको थियो ।
- See more at: http://www.ratopati.com/2015/06/14/240544.html#sthash.yG8KJQv7.06I8i0Rs.dpuf

Write a Comment

Events
Random Picks